
काठमाडौं, १५ साउन । साधारण शेयर निष्काशन तथा बिक्रीका लागि तीनवटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डका अनुसार न्यादी हाइड्रोपावर, साहस उर्जा लिमिटेड तथा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले शेयर निष्काशनको अनुमति पाएका हुन ।
न्यादी हाइड्रोपावर : न्यादी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि गएको मंसिर १० मा आवेदन दिएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले साउन ११ गते शेयर निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएपछि न्यादी हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनकाे गर्ने तयारी गर्दैछ । न्यादी हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ ।
बुद्धभूमी नेपाल हाइड्रोपावर : बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको लागि गएको माघ ८ मा अनुमति मागेको थियो । बोर्डले साउन १४ गते शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीका अनुसार आयोजना क्षेत्रका स्थानिय तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागिएको हो ।कम्पनीको शेयर निष्काशन तथा बिक्रीका प्रबन्धकमा सिभिल क्यापिटल मार्केट तोकिएको छ ।
साहज उर्जा कम्पनी : साहज उर्जा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको छ । बोर्डले साउन १४ गते अनुमति दिएसंगै शेयर निष्काशनको तयारीमा गरिएकाे छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल तोकएको छ । कम्पनीको प्रत्याभूकिर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



