
काठमाडौं, १८ साउन । मैलुङखोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम मौका रहेको छ । कम्पनीले साउन १४ गते सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ दरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले २ प्रतिशतले हुने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीको लागि तथा ५ प्रतिशतले हुने ३६ हजार ८१४ कित्ता शेयर साम्हिक लगानी कोषका लागि छुट्याएको छ । त्यसबाट बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताहरुले न्यूनतम १० देखि बढीमा १ लाख कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, तोकिएका शाखा कार्यालय वा मेरो शेयर एपबाट पनि आवेदन दिने सकिने छ ।
२९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेकोमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्ने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल रहेको छ । यसको प्रत्याभूतकर्ता सनराईज क्यापिटल हाे । कम्पनीको आइपीओमा आईतबारसम्म १७ लाख ७६ हजार ७११ निवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयरका लागि निवेदन पेश गरेका बताईएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




