४.०६ अंकले बढ्यो नेप्से, १० अर्ब ९८ करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको दोश्रो दिन सोमबार शेयर बजारको लय सकारात्मक देखिएको छ । तर शेयर बजार बन्द हुँदाको समयसम्म सकारात्मक वा नकारात्म्क यात्रामा जाने दुवै संभावना भने कायमै हुन्छ ।

नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पुगेको छ । नेप्से ०.१३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३० अंकले बढेर ५७२.४६ विन्दुमा पुगेको छ ।

कुल २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर खरिदबिक्री भएकाे छ । यसबाट १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जले जनाए अनुसार १३ उपसमूहमध्ये ५ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी रहेका ८ उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घढेको छ ।

यतिबेला लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरणहरु सार्वजनिक गरिरहेको बेलामा सोमबार लघुवित्त वित्तीय संस्थाहरुमा लगानीकर्ताहरूकाे आकर्षण बढेको देखिएको छ । दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उनीहरु गुँरास तथा घलेम्दी हाइड्रोपावर रहेका छन्

सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरु : अरुण काबेली, यूनिभर्सल पावर कम्पनी लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोष, रिडी हाइड्रोपावर, सकृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हिमाल दोलखा हाइड्रोपावर, सिनर्जी पावर तथा अरुण भ्याली हाइड्रोपावर रहेका छन् । यी कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।