
पोखरा, १९ साउन । गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ ।
पाेखरा १७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे।
सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।
प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिनीयरिङ एन्ड बिल्डर्स पोखरासँग १ करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार निर्माण गरिने भवन विसं २०७९ पुस २२ गते भित्रमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनिक कार्यमा प्रयोग गरिने छ । उनले भने, “विगतमा भैरहवा कार्यालयले हेर्ने गरे पनि दुई वर्षअघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”
प्रयोगशालाले बीउ विश्लेषण तथा प्रमाणीकरण, प्रादेशिक बीउ उत्पादकहरुको अनुगमन तथा बीउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बीउ संरक्षण तथा सूचीकृत जातका बीउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।
मन्त्री बुढाले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




