मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ साउन । साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । सुन सोमबारकै मूल्यमा कारोबार भएको छ भने चाँदीमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको बताएको छ । यसअघि सोमबार पनि छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैंयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज १० रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।