आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

दुबै संस्थाबीच सम्झौता सम्पन्न भएको छ । यसका लागि कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगातवीर चौधरी र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थाको रजिष्ट्रार कार्यालय लुम्बिनी प्रदेश, दाङको घोराहीमा रहेको छ ।