घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० साउन । साताको चौथो दिन बुधबार सुनको भाउमा गिरावट आएको छ । चाँदीको भाउमा सामान्य बृद्धि भएको छ ।

नेपाली बजारमा छापावाला सुनको भाउमा रुपैयाँ ३०० ले गिरावट आएको हो भने चाँदीमा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।