
काठमाडौं, २० साउन । सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्रीका लागि तीन छुट्टाछुट्टै कम्पनीले नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेका छन् । आइपीओ निष्काशनको अनुमतिका लागि आवेदन दिने कम्पनीहरुमा रिलायवल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था तथा रिभर फल्स पावर लिमिटेड रहेका छन् ।
रिलायवल इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने बताईएको छ । कम्पनीका अनुसार १०० रुपैयाँ अंकित दरमा ११२ रुपैयाँको प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँको दरले ६० लाख कित्ता शेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । जो १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको रहेको छ ।
१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेकोमा शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्न अनुमित मागेकाे छ । संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल तोकिएको छ ।
यस्तै रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय जनताको लागि शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यमिपटल तोकिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




