दिनदिनै नेप्सेमा नयाँ रेकर्ड, साढे १५ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० साउन । साताको चौथो दिन आज पनि शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्सेमा अघिल्लो रेकर्डलाई ब्रैक गर्दै अहिलेसम्मको उच्च विन्दु दर्ज भएको छ ।

नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगेको छ । मंगलबारको रेकर्डलाई हेर्दा त्यो रेकर्ड ३१११.०९ रहेको थियो । आज कायम भएको रेकर्ड अहिलेसम्मकै उचाईमा पुगेको रेकर्ड हो । नेप्सेमा भएको दिनहुँको रेकर्डले लगानीकर्ताहरुमा उमंग छाएको छ ।

नेप्से परिसूचक १२.१५ अंकले बढेर ३१२३.२४ विन्दुमा उक्लिएको छ । नेप्से ०.३९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.७१ अंकले बढेर ५७८.२३ विन्दुमा पुगेको छ ।

नेप्सेमा देखिएको नयाँ रेकर्डसंग कारोबार रकममा पनि बृद्धि भएको छ । जम्मा २२५ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयरको खरिदबिक्रीबाट १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल तेह उपसमूहमध्ये ६ वटा उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । बाँकी ७ वटा उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । आज लगानीकर्ताहरु हाइड्रोपावरतर्फ आकर्षित भएका छन ।