
काठमाडौं, २१ साउन । बैंक तथा वित्तीय संस्थामा वित्तीय तरलता बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले निक्षेप उठाउन लागेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ निक्षेप उठाउन थालेको हो । राष्ट्र बैंकले आजै अपरान्ह ३ बजेसम्म बिडिङ प्रणालीमार्फत बोलकबोल गर्ने बताएको छ ।
बोलकबोलबाटै निक्षेपको ब्याज कति हुने भन्ने कुराको निर्धारण गरिने राष्ट्र बैंकले बताएको छ । निक्षेप लिन ईच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा ५ करोड र बढीमा ५ करोड रुपैयाले भाग गर्दा निःशेष भाग हुने गरी आव्हान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले साउनको २८ गते साँवा फिर्ता गर्नेगरी निक्षेप संकलन गर्न लागेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागि हुन पाउने छन् ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




