निफ्राले गर्यो वित्तीय विवरण सार्वजनिक, अवस्था कस्तो छ ?

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ साउन । नेपालमा सबैभन्दा बढी शेयर (आइपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले त्रियासी करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोहि अवधिकोभन्दा १.२६ प्रतिशतले कम देखिएको छ । बैंकका अन्य सूचकमा सुधार देखिएको छ । खुद ब्याज आम्दानी संचालन र संचालन मुनाफा बढेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत पाईएको छ । संचालन मुनाफा ७.९२ प्रतिशतले बढेको छ । गैह्र संचालन आम्दानी १० करोड ८५ लाखबाट घटेको छ । जो ७४ लाख झरेको छ । यसका कारण खुद नाफामा केहि कमि भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी घटेको छ । समिक्षा अवधिमा यो दुई रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा झरेको हाे ।

बैंकको चुक्ता पुूँजी ६६.६७ प्रतिशत रहेको छ । जगेडा कोषमा ४९.८५ प्रतिशत रहेको छ भने निक्षेप २०.६५ प्रतिशत रहेको छ । बैंकको कर्जा दुई सय ९५.७७ प्रतिशतले बढेको पाईएको छ ।