०.६६ अंकले बढ्यो नेप्से, हाइड्रोमा लगानीकर्ताको आकर्षण

-



     सफल आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ साउन । साताको पहिलो दिन आईतबार प्रि-ओपन सेसनबाटै हरियो संकेत दिएको शेयर बजारले बजार बन्द हुनु अगाडीको अधिकांश समयमा हरियै संकेत देखाए जस्तै अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा पनि उकालो लागेको देखियो । कारोबार रकम पनि सन्तोषजनक रहेको छ भने लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ बढी देखिएको छ ।

नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ६९ लाख ९६ हजार ३१६ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईतबार व्यापार उपसमूहतर्फ ०.९९ प्रतिशत, होटल तथा पर्यटनतर्फ १.०६ प्रतिशतले गिरावट आएको छ । नीर्जिवन बीमातर्फ १.३८ प्रतिशतले घटेको छ ।

यस्तै अन्य उपसमूहतर्फ ०.९६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.२७ प्रतिशत, जीवन बीमातर्फ ०.५६ प्रतिशत र लगानी उपसमूहतर्फ ०.०३ प्रतिशतले घटेको छ ।

हरियो लागेका कम्पनीहररु ६ वटा रहेका छन् । बैंकिङतर्फ शून्य अवस्थामा देखिएकाे छ । विकास बैंकतर्फ १.३२ प्रतिशत, हाइड्रोपावरतर्फ ३.३३ प्रतिशत, फाइनान्सतर्फ ०.८१ प्रतिशत, उत्पादनतर्फ ०.०४ प्रतिशत र म्युचुअल फण्ड उपसमूहतर्फ ०.०२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।