
बागलुङ, २४ साउन । कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएको भन्दै बागलुङका केही वडामा लकडाउन कडा पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हाल कायम लकडाउन कडाइ गर्ने आदेश जारी गरेको हो ।
बागलुङ नगरपालिका वडा १२ र वडा १३ (साविक अमलाचौर र पैयूपाँटा गाविस) को क्षेत्र भित्र आइतबार राति १२ बजेदेखि भदौ १ गते राति १२ बजेसम्म लागू हुने गरी लकडाउन जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
लकडाउनमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र सरकारी सेवाका सवारी बाहेक सबै यातायातका साधन र बजार क्षेत्र बन्द गरिने छ । कालीगण्डकी करिडोर र अन्य सडक मार्गमा चल्ने यातायातका साधन उक्त वडाहरुमा यात्रुहरु चढ्न र झर्न नपाउने गरी संचालन हुन पाउने छन् ।
साथै, शैक्षिक संस्थासहितका सेवा तथा स्थलहरु बन्द रहने छन् । विवाह लगायतका संस्कारजन्य कार्य गर्दा स्वास्थ्य मापदण्ड पालन गरी ७ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेश छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




