
काठमाडौं, २५ साउन । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । निष्काशन बन्द हुने अन्तिम दिन आइतबार साँझसम्ममा कम्पनीको शेयरमा २४ लाख बढी आवेदन परेको हो ।
सानिमा लाइफको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको हो ।
उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशित शेयरको ६.८४ गुणा बढी हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका २०७४ बमोजिम कम्पनीको आईपीओ ५ लाख ५४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन्। आइतबारसम्मको प्रारम्भिक तथ्याङ्कका आधारमा हेर्दा कुल आवेदकको २२ प्रतिशतले मात्र शेयर प्राप्त गर्ने अवस्था देखिन्छ भने ७७ प्रतिशकको आवेदक खाली हुने देखिन्छ । आवेदकमध्ये १८ लाख ७९ हजार १२७ जनाले शेयर नपाउने देखिन्छ ।
आईपीओमा प्राप्त हुने अन्तिम तथ्याङ्क र सो पश्चात रुजु भई शेयर प्राप्त गर्न योग्य आवेदकको यकिन भएपछि मात्र शेयर नपाउने संख्या र प्रतिशत थाहा हुनेछ । हाल प्रारम्भिक तथ्याङ्कमा यस्तो देखिएको हो ।
सानिमा लाईफ इन्स्योरेन्सले साउन २० गते बुधबार देखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




