
काठमाडौं, २५ साउन । नयाँ आर्थिक वर्षको अन्तिम साताको दोश्रो दिन सोमबार शेयर बजारमा सामान्य बृद्धि देखिएको छ । तर यसदिन सेन्सेटिभ इण्डेक्स भने घटेको छ ।
लगानीकर्ताहरुको हाइड्रोपावर र फाइनान्सप्रति भएको आकर्षणले परिसूचक सकारात्मक दिशामा जान सहयोग गरेको छ ।
नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा पुगेको छ ।
कुल २२४ कम्पनीहरुको शेयर कारोबार भएको छ । २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहमा हरियो लागेको छ । बाँकी ८ उपसमूहका रातो लागेको छ । सबैको शेयर घटेको छ ।
आज हाइड्रोपावर र फाइनान्सतिर लगानीकर्ताहरुको आकर्षण बढेकको छ । यो उपसमूहको समान ३.३५ प्रतिशतले बृद्धि भएको छ । नीर्जिवन बीमातर्फ ०.२७ प्रतिशत, अन्यतर्फ ०.४ प्रतिशत तथा जीवन बीमा उपसमूहतर्फ ०.२७ प्रतिशतले बृद्धि भएको छ ।
बैंकिङ ०.५७ प्रतिशत, व्यापार १.०७ प्रतिशत, होटल तथा पर्यटन १.०४ प्रतिशत, उत्पादनतर्फ ०.८३ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ०.९७ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.३७ प्रतिशत तथा लगानी उपसमूहतर्फ ०.५६ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६७ करोड ६९ लाख ४ हजार ९०० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




