
काठमाडौं, २६ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७, २०७८ मा उल्लेख्य प्रगति गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चौथौ त्रैमासको वित्तीय विवरणका अनुसार वित्तीय प्रगतिमा सुधार देखिएको छ ।
लघुवित्तले चौथो त्रैमाससम्म १ करोड ७३ लाख बढी रकम खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको भन्दा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा ६६ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १० करोड ९५ लाख ३ हजार रहेको छ । गएको वर्ष संस्थाले ८ करोड ४० लाख ४६ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाका अनुसार समिक्षा अवधिमा संचालन नाफा १०४.०६ प्रतिशतले बढेर १ करोड ९९ लाख ५५ हजार भएको छ । अघिल्लो पटक यो नाफा ९७ लाख ७९ हजार ररुपैयाँ थियो ।
लघुवित्तको चुक्ता पूँजी १३ करोड २० लाख रहेको छ । जगेडा कोषमा ६ करोड ६६ लाख रुपैयाँ संचित छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १५०.५१ रुपैया रहेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



