अर्थमन्त्रीले देशको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र प्रस्तुत गर्दै

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा वर्तमान आर्थिक अवस्थाबारे स्वेतपत्र प्रस्तुत गर्दैछन् । अर्थमन्त्री शर्माले मन्त्रीमा नियुक्ती भएपश्चात नै स्वेतपत्र सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

उनले आज प्रतिनिधि सभामा स्वेतपत्र सार्वजनिक गर्ने छन्।