रोटरी क्लव अफ पोखराले दियो वडा नं १७ लाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



पोखरा, २६ साउन । कोरोनाको कहरसंगै जारि निषेधाज्ञाले सबै क्षेत्रहरु प्रभावित भएका छन् । स्वास्थ्य, शिक्षा, व्यापार तथा व्यवसाय यतिबेला चौपट भएको छ भने कोरोनाको संक्रमणको संत्रास कायमै रहेको छ ।

यहिबीचमा विभिन्न सामाजिक संघ संस्थाहरुले आफ्नोतर्फबाट सकेको सहजिकरण र योगदान दिदैं आएका छन् । यस्तैमा रोटरी क्लव अफ पोखराले स्वास्थ्यलाई मध्येनजर गर्दै पोखरा महानगरपालिका वडा नं १७ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

क्लवका महासचिव रो.भुपालजंग कुँवरले १ कन्सन्ट्रेटर तथा २ वटा अक्सिजन सिलिण्डर पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

कुँवरका अनुसार अत्यावश्यक भएका ठाउँ र कार्यालयहरुमा संस्थाबाट स्वास्थ्यलगायतका सामग्रीहरु वितरण गर्दै आएको र यसलाई निरन्तरता दिने बताए ।