फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ साउन । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा फेरि गिरावट भएको छ । छापावाला सुनको मूल्यमा रुपैयाँ ४०० तथा चाँदीमा रूपैयाँ १५ ले गिरावट भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा १५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो