नेप्से अपडेट: ८.४१ अंकले बढ्यो, ७ अर्ब ८७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ साउन । साताकाे चाैथाे दिन बुधबार शेयर बजारको यात्रा सुखद् मानिएको छ । बजार बन्द हुँदाको अवस्थासम्म आरोह अवरोहको घटनाक्रमको नतिजा आउन बाँकी नै रहने भएकोले उक्त समयसम्म भने कुर्नै पर्छ ।

नेप्से ८.४१ अंकले बढेर ३१७०.०६ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले घटेर ५८८.०१ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पर्दासम्म कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३४ लाख ३६ हजार ४९६ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ७ अर्ब ८७ करोड ५१ लाख ६८ हजार ७ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटा उपसमूहमा हरियो लागेको छ । सबैको शेयर बढेको छ ।