कुमारी बैंककाे नाफा २ अर्ब बढी, अन्य विवरण कस्ता छन् ?

-



     सफल आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ साउन । कुमारी बैंकले खुद नाफा २ अर्ब ११ लाख कमाएको छ । बैंकको सार्वजनिक भएको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लाे पटकको भन्दा नाफा ७२.७४ प्रतिशत हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन आम्दानी र मुनाफा बढेकोले खुद नाफा बढेको पाईएको छ ।

बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेको छ भने कमिशन ५६.९८ प्रतिशत बढेको छ । संचालन मुनाफा ६९.१६ प्रतिशत बढेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा भएको छ । मूल्य आम्दानी अनुपात २५.७२ गुण रहेकोमा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ । बैंकको जगेडा कोष ७.८३ प्रतिशत, निक्षेप २७.५८ प्रतिशत तथा कर्जा २४.६४ प्रतिशत बढेको देखिएकाे छ ।