शेयर बजार सकारात्मक लयमा, अधिकांश उपसमूहमा छायो हरियाली

-



     सफल आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ साउन । साताको अन्तिम शेयर कारोबार हुने दिन बिहिबार शेयर बजार उकालो लागेको । यस दिन विकास बैंक उपसमूहतर्फ लगानीकर्ताहरु जोशिएका छन् । यो समाचार तयार पfर्दासम्म विकास बैंकतर्फ ४.०८ प्रतिशतको बृद्धि देखिएको छ ।

हुन त शेयर बजार बन्द हुँदाको अवधिसम्म घट्ने वा बढ्ने दुबै संभावना विद्यमान हुने भएकोले अन्तिम आँकडा हेर्न त्यो समयसम्म भने कुर्नै पर्ने हुन्छ ।

दिउँसो साढे १२ बजेसम्म नेप्से ११.६५ अंकले बढेर ३१७४.२४ विन्दुमा पुगेको छ । नेप्से ०.३७ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स ३.११ अंकले बृद्धि भएर ५८८.८१ विन्दुमा पुगेको छ ।

कुल २१३ कम्पनीको कारोबार भएको छ । १ करोड ३३ लाख ८ हजा २४३ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ६५ करोड ६१ लाख ४६ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपमूहमध्ये १० वटामा हरियो लागेको छ भने बाँकी ३ मा रातो लागेको छ ।