
काठमाडौं, २८ साउन । प्रत्येक आमाबावुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन् । सोही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ ल्याएको छ ।
बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले एक कार्यक्रमबीच सो बीमा योजना बिक्री वितरणको लागि शुभारम्भ गरे । बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भैसकेपछि बीमालेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुनेछ ।
सो योजनाअन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमांक रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवश बीमा चालु अवस्थामा बीमितको मृत्यु भए तत्कालै २५ प्रतिशत बीमांक रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमांक रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



