
काठमाडौं, २९ साउन । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाला सुनको भाउ ३०० रुपैयाँ बढेको छ भने चाँदीमा सामान्य ५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनको भाउ प्रतितोला ८९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउमा भने सामान्य ५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



