सार्वजनिक हुनु अगाडी नै मौद्रिक कसरी चुहियो ? इम्शनद्वारा छानविन गर्न माग

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ साउन । राष्ट्र बैंकले आज अपरान्ह सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७८/ २०७९ को मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडी नै सार्वजनिक भएको भन्दै इकोनोमिक मिडिया सोसाइटी नेपाल-इम्शनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव लोचन खतिवडाले एक विज्ञप्ति जारि गरी नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त संस्थाले दीर्घकालिन रुपमा असर पार्ने मौद्रिक नीतिलाई आफु अनुकुलका र निकटका संचारमाध्यमलाई वितरण गर्नु गम्भिर विषय भएको बताएका छन् ।

मौद्रिक नीति संचालक समितिमा छलफल पछि पारित गरेर सार्वजनिक गर्नुपर्ने हुनाले यसका बारेमा संचलक जानकार हुन्छन् । संचालक तथा उच्च पदाधिकारीबाट मौद्रिक नीतिको चुहावट भएको भन्दै यसको छानविन गर्न इम्शनले माग गरेको छ ।