मानुषी लघुवित्तकाे आईपीओमा साढे १८ लाखकाे आवेदन

-



     सफल आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओ झण्डै साढे १८ लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार शुक्रबार बेलुकासम्म कम्पनीको आईपीओमा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १ सय ५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

यो कम्पनीले सर्वसाधरणको लागि बिक्रीमा ल्याएको ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरको ६५.२० गुणा धेरै हो।

लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६ सय ८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको १ लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ।