कुलमानको नियुक्ती बदरको माग गर्दै शाक्यद्वारा सर्वोच्चमा रिट दायर

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३२ साउन । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

शाक्यले आफुलाई बिदामा बसेको बेलामा संविधान र कानून विपरित घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेकोले मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयलाई बदर गर्न माग गरेका छन् ।

शाक्यले आफुले पदबाट राजिनामा नदिएको पनि बताएका छन् । आफुलाई पदबाट मुक्त पनि नगरिएको जनाउँदै यो अवस्थामा घिसिङलाई नियुक्त गरिएकोले सर्वोच्च अदालत पुग्नु परेको बताईएको छ ।

मन्त्रिपरिषद्को साउन २५ गते बसेको बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।