३४०३ जनामा संक्रमण, ४२ को मृत्यु

-



     सफल आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ भदौ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षणमा २ हजार ६ सय १३ र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन्

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ सय ९३ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार माथि छन्।