घट्यो सुन र चाँदी दुबैको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ भदौ । साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले गिरावट भई प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।