प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा बिकाश महर्जन नियुक्त

-



     सफल आवाज    
     भाद्र ३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ३ भाद्र । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकबाट रिक्त सञ्चालकमा ललितपुर निवासी बिकाश महर्जन नियुक्त भएका छन । इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्नुभएका बिकाश महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधि विशेषज्ञका रुपमा कार्य गरिसकेका छन ।

यस बाहेक उहाँले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमा समेत कार्य गरिसकेका छन । हाल सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराउने कार्यमा संलग्न महर्जन देश विदेशबाट विभिन्न प्राविधिक तालिम तथा सेमिनारहरुमा सहभागी जनाउनु भएको छ । फाइनान्सको सञ्चालक समितिमा उहाँको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले बताए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवा प्रवाह गरिरहेको छ । साथै फाईनान्सले निकट भविष्यमा शाखा रहित् बैंकिङ्ग सेवा समेत प्रवाह गर्ने तयारी गरेको फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए ।