
काठमाडौं, ३ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार ओरालो लागेको छ । सूचकहरु घटेका भएपनि कारोबार रकम भने उल्लेख्य मात्रामा भएको छ । सबैभन्दा बढी आकर्षण जीवन बीमातर्फ देखिएको छ ।
बजार बन्द हुँदाको अवधिसम्म आउँदा नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ८.३३ अंकले घटेर ५९०.१५ विन्दुमा रहेको छ ।
कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयरको कारोबारबाट २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ८ वटा उपसमूह राताम्मै भएका छन् । बाँकी रहेका ५ उपसमूहमा हरियो लागेको छ ।
बैंकिङ उपसमूहतर्फ ०.९३ प्रतिशत, होटल तथा पर्यटनतर्फ ०.८३ प्रतिशत, विकास बैंकतर्फ २.८३ प्रतिशतले गिरावट भएको छ । यस्तै हाइड्रोपावरतर्फ ३.१८ प्रतिशत, फाइनान्सतर्फ २.२९ प्रतिशत, उत्पादनतर्फ ०.२६ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.५८ प्रतिशत तथा लगानी उपसमूहतर्फ ३.९९ प्रतिशतले गिरावट भएको छ ।
उता व्यापार उपसमूहतर्फ ०.४९ प्रतिशतको बृद्धि भएको छ । नीर्जिवन बीमातर्फ ३.२ प्रतिशत, अन्यतर्फ १.६८ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ०.८५ प्रतिशत र जीवन बीमातर्फ २.६४ प्रतिशतले बृद्धि भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । कम्पनीको १ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




