
पाेखरा, ४ भाद्र । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रवन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन । २०७८ भाद्र ३ गतेको बसेकाे संस्थाकाे संचालक समितिको बैठकले प्रधानलाई प्रवन्ध संचालकमा नियुक्त गरेकाे हो ।
बैंक तथा वित्तीय क्षेत्रमा लामाे समयकाे कार्य अनुभव भएका प्रधान राष्ट्रिय बाणिज्य बैंकमा ३० वर्ष अवधीको बैकिङ्ग अनुभव हासिल गरी प्रवन्धक पदबाट निबृत्त भएका थिए । यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकको रुपमा समेत कार्य गरेका प्रधान मिति २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे केन्द्रीय कार्यालय पाेखराकाे बुद्धचाेकमा रहेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




