मानुषी लघुवित्तको आइपीओ सोमबार बाँडफाँड गरिंदै

-



     सफल आवाज    
     भाद्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ भदौ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर (आईपीओ) निष्काशन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले सोमबारबाट आइपीओ बाँडफाँड गर्ने भएको छ ।

संस्थाले सोमबार भोलि सर्वसाधारणका लागि निष्काशन गरिएको सो परिमाणको शेयर बाँडफाँड गर्ने भएको हो । आइपीओको प्रि-अलोटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो ।

कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटयाईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

मानुषीको आइपीओमा २४ लाख ३ हजार ५५ आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । जो ८३.१० गुणा बढी हो । आइपीओ बाँडफाँडको समयमा २३ लाख बढी आवेदककाे मन खिन्न हुने भएको छ । उनीहरुकाे हात रित्तै हुनेछ किनभने ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने देखिन्छ ।