निरन्तर उकालो लाग्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ भदौ । सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको चौथो दिन मंगलबार पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।