
काठमाडौं, ८ भदौ । रुरु जलजिद्युत परियोजनाको दुईवटा वार्षिक साधारण सभा एकैदिन डाकिएको छ । परियोजनाको १५ औं तथा १६ औं वार्षिक साधारण सभा असोजको १६ गते डाकिएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसारमा पूर्वान्ह ११ वजे डाकिएको छ । सभा अनलाइनमार्फत हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिले प्रस्तााव गरेको लाभांश छलफलपछि पारित गरिने भएको छ । यस्तै १०.५२६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गरिने भएको छ । साथै आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशतले हुने बोनस शेयर र करको प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांशको प्रस्ताव रहेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावी संशोधनको प्रस्तावलाई पारित गर्नेछ । अन्य एजेण्डाहरुमा वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरि पारित गरिने भएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्ने भएको छ । असोजको ६ गतेसम्म नेप्सेमा कारोबार गरि कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका हकदार हुनेछन् ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




