ग्रीन डेभलपमेन्ट बैंक नवौं वर्षमा

-



     सफल आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित



पाेखरा, ९ भाद्र । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.वि.मा वृक्षारोपण गर्नुका साथै, उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई शुद्ध पानी पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बाेल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियपुर्ण कर्जा उपलब्ध गराउदैं आएकोले सो सुविधावाट स्थानिय स्तरका कृषक तथा उद्यमीहरु लाभान्वीत हुनुपर्नेमा जोड दिए ।

बैंकका संचालक कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठले विद्यालय जस्तो पवित्र स्थानमा वृक्षारोपण गर्न पाउँदा खुसी भएको र अझै वृक्षारोपणको लागि थप स्थान उपलव्ध भएमा कार्यक्रम विस्तार गर्न सकिने वताए । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल वहादुर वुढाथोकी, वडा नं २८ का वडा सदस्य विष्णु प्रसाद तिवारी, वैंकका कर्जा विभाग प्रमुख हरि वहादुर वुढाथोकी लगायतले बोलेका थिए ।

वैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सिआस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने कास्की र नवलपुर जिल्लामा थप २ वटा शाखा विस्तारको कार्य गरि रहेको बताइएको छ ।