
काठमाडौं, १३ भदौ । पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् ।
शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा रहेको छ ।
यसबैबीचमा शेयर लगानीकर्ताहरुले तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर आइपीओमा आवेदन दिनका लागि आज अन्तिम मौका रहेको छ ।
कम्पनीले ८ लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यसमध्ये ४० हजार कित्ता म्युचुअल फण्ड र १६ हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि रहेको हजार कित्ता सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताहरले भदौ १३ आजसम्म आवेदन दिने म्याद रहेको छ । ताकिएको अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताहरुले पतिकित्ता १०० अंकित मुल्यमा घटिमा १० कित्ता तथा बढीमा ६० हजार कित्ताका लागि आवेदन दिने पाउने छन् । कम्पनीले तेहथुममा १ अर्ब चौतिस करोड १७ लाख रुपैयाँको लागतमा ७.५ मेगावाटको अपर खोरुङ हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ । शेयर निष्काशन तथा बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने भएको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



