सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ भदौं । साताको पहिलो दिन आईतबार छापावाला सुनको भाउ स्थिर रहेको छ । चाँदीमा सामान्य १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ स्थिर रहि शुक्रबारकै मूल्यमा कारोबार भएको छ । अर्थात छापावाला सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँ नै कारोबार भएको छ । यसअघि शुक्रबार पनि छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।


महासंघका अनुसार चाँदीमा सामान्य १० रुपैयाँले बृद्धि भएर प्रतिताेला १ हजार २१० रूपैयाँमा काराेबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।