
काठमाडौं, १३ भदौ । एनआईसी एशिया सेलेक्ट-३० फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सो फण्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । फण्डको दोश्रो बजारमा कारोबारका लागि एनआइसिएसएफ संकेत दिईएको छ ।
एनआईसी एशिया क्यापिटलले असार १० देखि असारको २४ गतेसम्म एनआईसी एशिया सेलेक्ट-३० फण्ड नाम गरेको सामूहिक लगानी कोष बिक्रीमा ल्याएको थियो ।
फण्डको एनआईसी एशिया बैंक प्रवर्धक रहेको छ । प्रतिइकाई १० रुपैयाँ मूल्य अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री गरिएको थियो । कोषको प्रवर्धक रहेको एनआईसी बैंकका लागि १ करोड ५० लाख सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रुहेको थियो । उक्त इकाईका लागि मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १ अर्ब पच्चिस करोड पुरयाईएको थियो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



