
पाेखरा, १३ भाद्र । पाेखरा रोयल बचल तथा ऋण सहकारी संस्था लिमिटेड र ग्यालेक्सी हस्पिटल पोखरा बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात पोखरा रोयल बचल तथा ऋण सहकारीका ग्राहकलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने भएको हो । पोखरा रोयल बचल तथा ऋण सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेको हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले सफल आवाजलाई बताए ।
२४ घण्टा बिशेषज्ञ सेवा दिईरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषी ढकालले बताए ।
यस सम्झौता पश्चात उत्तमचोक पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा रोयल बचल तथा ऋण सहकारी संस्थाका शेयर सदस्य, शेयर सदस्यका परिवार, सहकारीका कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउदा हस्पिटलबाट फार्मेसीमा ७.५ प्रतिसत र अन्य सम्पूर्ण सेवामा १२ प्रतिसत छुट प्राप्त गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




