सोमबार सुनचाँदीको भाउ स्थिर, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     भाद्र १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ भदौ । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर आईतबारकै भाउमा खरिदबिक्री भएको छ ।


यतिबेला चाडपर्वको समय छ । यो समयमा गरगहनाको खरिदबिक्री र चहलपहल हुने चलन रहेपनि कोरोनाभाइरस संक्रमणको प्रकोपको कारण आशा गरेअनुसार व्यावसायीक क्षेत्रमा चहलपहल कमै भएको व्यवसायी बताउँछन् ।

यो समयमा हामीलाई एकछिन् पनि फुर्सद हुँदैन्थ्यो, बिहानदेखि रातिसम्म गरगहना बनाउन ब्यस्त हुन्यौं । कालिगढ रामचन्द्र लोहनीले भने, गएको वर्षदेखि कोरोनाको कारण गहनाको अर्डर भनेजत्तिको पाईएको छैन र कमाई पनि राम्रो छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो स्थिर मूल्य हो । आईतबार पनि सोहि मूल्यमा छापावाला सुनको कारोबार भएको थियो ।

तेजाबी सुन आईतबारकै मूल्यमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदी पनि स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १ हजार २१० रुपैयामा कारोबार भएको छ ।