
काठमाडौं, १४ भदौ । मञ्जुश्री फाईनान्सले मंगलबारदेखि संस्थापक समूहतर्फको ९ हजार १८७ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । प्रतिकित्ता शेयर मूल्य घटिमा तीन सय रुपैयाँ रहेको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले तीन सय रुपैयाँभन्दा माथिको मुल्य राखेर बोलपत्र पेश गर्नुपर्नेछ ।
संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापक, इच्छुक व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्ने भएका छन । शेयर खरिदकर्ताले घटिमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन ।
लगानी गर्न चाहनेहरुले भदौ २० गतेसम्म आवेदन दिन पाउने छन् । यसका लागि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दि बोलपत्र पठाउनु पर्नेछ ।
कम्पनीका साविकका शेयरधनीहरुले आवेदनमा आफनो शेयरधनी नम्बर, हितग्राही खाता नं अनिवार्य लेख्नु पर्नेछ । पेश गरिएको बोलपत्र भदौ २१ गते बिहान १० वजे एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा खोलिने भएकाे छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




