मञ्जुश्री फाइनान्सले आजदेखि ल्यायो संंस्थापक शेयर बिक्रीमा

-



     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ भदौ । मञ्जुश्री फाइनान्सले आजदेखि संस्थापक समूहतर्फको ९ हजार १८७ कित्ता लिलामीमा शेयर बिक्रीमा ल्याएको । प्रतिकित्ता शेयर मूल्य घटिमा तीन सय रुपैयाँ रहेको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले तीन सय रुपैयाँभन्दा माथिको मूल्य राखेर बोलपत्र पेश गर्नुपर्नेछ ।

संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापक, इच्छुक व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्ने भएका छन । शेयर खरिदकर्ताले घटिमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

लगानी गर्न चाहनेहरुले भदौ २० गतेसम्म आवेदन दिन पाउने छन् । यसका लागि बिक्री पबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दि बोलपत्र पठाउनु पर्नेछ ।

कम्पनीका साविकका शेयरधनीहरुले आवेदनमा आफनो शेयरधनी नम्बर, हितगाही खाता नं अनिवार्य लेख्ने पर्नेछ । पेश गरिएको बोलपत्र भदौ एक्काइस गते बिहान १० वजे एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहान १० वजे खोलिने छ ।