नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्दै

-



     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार अर्को म्युचुअल फण्ड नबिल ब्यालेन्स्ड फण्ड ३ ल्याउन लागिएको हो ।

कम्पनीले भदौ २५ गतेदेखि उक्त फण्ड बिक्रीका लागि ल्याउन लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य भएको फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने छ ।

कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ प्रतिशत छुट्याईएको छ । १ प्रतिशत अर्थात १० लाख इकाई व्यवास्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको लागि छुट्याईएको छ ।

त्यसबाट बाँकी हुन आएको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । लगानीकर्ताले फण्डमा कम्तिमा १०० कित्तादेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

नबिल म्यचुअल फण्डबाट संचालन हुने उक्त फण्डको इकाईका लागि भदौंको २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तोकिएको म्यादसम्म माग बमोजिमको आवदेन नपरेको खण्डमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ ।

यो बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो ।