न्यादी हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ भदौ । न्यादी हाइड्रोपावरले निष्काशन तथा बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद आज अन्तिम दिन रहेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानिय जनता र संस्थापक शेयरधनीहरुको लागि भदौ १ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

प्रतिशेयर १०० मूल्य अंकित १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो । आयोजना प्रभावित जिल्ला लमजुङको मस्याङ्दी गाउँपालिकाको वडा नं ३, साविकको खुदी गाविस वडा नं १, २, ३ र ६ र मस्याङ्दी गाउँपालिका वडा नं ६, ७, र ८ का जनताको लागि १० लाख कित्ता आइपीओ निष्काशन गरिएको हो ।

यसका लागि जिल्लामा रहेका एनएमबि बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक र शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । कम्पनीका कर्मचारी तथा संस्थाका शेयरधनीहरुले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिने व्यवस्था मिलाईएको छ ।

लगानीकर्ताले कम्तिमा १० र बढीमा ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।