प्रि-ओपन सेसन : २.३७ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ भदौ । सााताको तेश्रो दिन मंगलबार शेयर बजारको शुरुआत सकारात्मक देखिएको छ । नेप्से प्रि-ओपन सेसनमा २.३७ अंकले बढेको छ । यो बढाईसंगै सूचक ३०४७.२६ विन्दुमा पुगेको छ । प्रि-ओपन सेसनमा नेप्से ०.०८ प्रतिशतले बढेको पाईयो भने सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बृद्धि भएको छ ।

६४ कम्पनीको २० हजार १८७ कित्ता शेयर खरिदबिक्री भएको छ भने १ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १९ कम्पनीको शेयरमूल्य बढेको छ । १४ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ११ कम्पनीको शेयरमूल्य सेसन अविधमा स्थिर रहेको छ ।