
काठमाडाैं, १५ भाद्र । नि:सन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउन स्थापना भएकाे वात्सल्य आईभिएफ कृष्णजन्माष्टमीको दिनबाट आफ्नो उत्कृष्ट सेवाको ५ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा भाद्र मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतिका लागि वात्सल्यले नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्ड को व्यवस्था गरेको छ । लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतिका लागि यस नि:शुल्क योजनाले आधुनिक प्रजनन् सेवा सम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने विश्वास लिएको वात्सल्यले जनाएकाे छ ।
प्रजनन् उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आइभिएफ सफलता दर हासिल गर्दै आएको छ । हालसम्म वात्सल्यमा करिब ३००० दम्पतिले आइभिएफ्, आइयूआइ तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएका छन् । ६०-७०% औशत सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले गत जुलाईमा ७१% को सर्वाधिक आइभिएफ सफलता दर प्राप्त गर्यो । यो विश्वव्यापी मापदण्ड (३०-४०%) भन्दा धेरै माथि हो ।
आइभिएफ मार्फत् सन्तान प्राप्तिको सम्भावाना उच्च रहेको भएपनि हाम्रो समाजमा प्रजनन् स्वास्थ्य सम्बन्धी खुलेर कुरा गर्ने परिपाटी नभएको कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावना सम्बन्धी अनभिज्ञ छन्। त्यसका लागि वात्सल्यले विभिन्न सामाजिक संजाल मार्फत् निरन्तर रुपमा जानकारीमूलक सामग्री राख्दै आएको छ। सिधै चिकित्सक सँग प्रश्न सोध्न मिल्नेगरी फेसबुक लाइभ गर्ने गरेको छ । साथै युट्युब भिडियो, टिकटक आदिका माध्यमबाट सचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिँदै आएको बताइएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




