
काठमाडौं, १५ भदौ । मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गरेर अगाडी बढ्ने बताइएकाे छ ।
कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भूभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि व्यावसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको जानकारी गराइएको छ ।
हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको छ । तेश्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७÷०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी, फर्म, कृषक समुहहरुलाई पुरस्कृत गरेको जनाएको छ ।
पुरस्कृत हुनेमा गणपति एग्रिकल्चर प्रा.लि., धादिङलाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको छ । साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरी थप हौसला प्रदान गर्ने काम भएको जनाईएको छ ।
उत्कृष्ठ व्यावसायिक साझेदारी गरी पुरस्किृत भएका कृषि व्यवसायिहरुले मुक्तिनाथ कृषि कम्पनीले प्रवाह गरेको गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरु समक्ष पुर्याउँदा, कृषकहरु त्यसको प्रतिफलबाट निकै खुशि रहेको प्रतिक्रिया दिदै आगामी दिनमा वस्तु तथा सेवाहरुको दायरा अझ फराकिलो बनाउन सुझावहरु सहित व्यावसायिक साझेदारीलाई अझै मजबुत बनाई अगाडि बढ्न हौसला प्रदान गरेको बताए ।
चौथो वर्ष प्रवेश गर्दैगर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी, फर्म, एग्रोभेट, कृषक समुह सहकारीहरुसंग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रहि काम गर्ने विश्वास दिलाएको छ ।
कम्पनीले यसै वर्ष पाँच वर्षे रणनैतिक योजना निर्माण गरेको र सोहि अनुसार कृषि मुल्य श्रृङखलामा व्यवस्थापकिय काम गर्दे पाँच वर्षमा कम्पनीलाई कृषि श्रोत केन्द्रको रुपमा स्थापना गर्ने लक्ष रहेको प्रमुअ कार्यकारी अधिकृत सुनिल कुमार श्रीवास्तव र अध्यक्ष भरतराज ढकालले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




