निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य

-



     सफल आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ भदौ । निरन्तर सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा बुधबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १० रुपैयाँले गिरावट आएको हो ।

छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा १० रुपैयाँले गिरावाट भएको छ । चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।