नेप्सेमा दाेहाेराे अंककाे बृद्धि, लगानीकर्तामा थपियो उत्साह

-



     सफल आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ भदौ । साताको चौथो दिन बुधबार शेयर बजार उकालो लागेको छ । लगातार ओरालो लागेको शेयर बजार सकारात्मक लयमा गएपछि लगानीकर्ताहरुमा उत्साह जागेको छ ।

अक्सर नेप्सेमा घट्ने र बढ्ने दृश्यहरु देखिरहन पाईन्छ । आज पनि नेप्सेमा घट्ने र बढ्ने दृश्य भईरहे पनि अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको बृद्धि भयो ।

नेप्से परिसूचक १.१४ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक २९७६.९८ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा र लगानी उपसमूहको शेयर बढेको छ ।

व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।